रौतहट पुगेर गृहमन्त्री श्रेष्ठले लिए मधेस प्रदेशको सुरक्षा अवस्थाबारे ‘रिपोर्टिङ’

मिटर व्याज र लागु औषध नियन्त्रण गर्न निर्देशन


२५ माघ २०८०, बिहीबार
na

महोत्तरी । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशमा लागु औषध नियन्त्रणका लागि अभियान चलाउन निर्देशन दिएका छन् । गृहमन्त्री श्रेष्ठले लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न मातहत निकायलाई निर्देशन दिएका हुन् ।

आज (बिहीबार) महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समीक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरेका थिए । रिपोर्टिङ सुनेपछि गृहमन्त्री श्रेष्ठले गर्नुभएको थियो ।

रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागु औषक नियन्त्रणका लागि अभियान चलाउन निर्देशन दिएका हुन् । त्यसक्रममा गृहमन्त्री श्रेष्ठले संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको बताए । गृहमन्त्री श्रेष्ठले धार्मिक विषयमा सहिष्णु हुन, तर सद्भाव भड्कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न निर्देशन दिए ।

सीमामा राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अबैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठले बताए । मिटर ब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाही गर्न समेत उनले निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७