भरियालाई ८ करोड जरिवानासहित १० वर्ष जेल


२१ जेष्ठ २०७५, सोमबार
Fake gold jhapa 20180601085302

लम्जुङ्ग, २१ जेठ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई रु आठ करोड जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ । Fake gold jhapa 20180601085302

ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएको हो । जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत सो कैद सजायको फैसला गरेकोे अदालतले जनाएको छ ।

बिगाे बमोजिम उनलाई आठ करोड १६ लाख १४ हजार ९६० जरिवाना तोकिएकोे अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए । मनाङबाट बेसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङ पाँच महिनाअघि १७ किलो सुनसहित मस्र्याङ्दी–२, खुदीमा पक्राउ परेका थिए । भरियाका रुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि यसको तस्कर समूह अझै पक्राउ पर्न सकेका छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७