भक्तराजको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री


१५ फाल्गुन २०८०, मंगलवार
prachanda pic 2

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले वरिष्ठ गायक तथा संगीतकार आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए । उनले स्व. आचार्यले गीत, संगीतको क्षेत्रमा पुर्‍याएको योगदान अजर अमर रहने बताए । उनले आचार्यका सिर्जनाहरू कालजयी रहने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७