राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रै सहमति जुट्छ : माधव नेपाल


१७ फाल्गुन २०८०, बिहीबार
madhav nepal
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्रै सहमति जुट्ने दावी गरेका छन् । आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहे पनि यसमा सहमति जुट्ने बताएका हुन् ।

राष्ट्रियसभा अध्यक्ष पदमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ–आफ्ना उम्मेदवार उठाउने दावी गरेका छन् । राष्ट्रियसभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदैछ । उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको जिकिर गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले केहि समस्या आए छलफल गरेर सहमतिमा पुगिने बताएका छन् । गठबन्धनभित्र दरार देखिए हल गरिने उनको भनाइ छ । अध्यक्ष नेपाल भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७