इन्टर मियामीको फराकिलो जित


२० फाल्गुन २०८०, आईतवार
inter.jpg 4

काठमाडौं । अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले फराकिलो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनल मेसी र लुइस स्वरेजले २–२ गोल गरेका थिए भने रोबेर्ट टेलरले एक गोल गरेका थिए । नयाँ सिजनमा इन्टर मियामीको यो दोस्रो जित हो भने एक खेल बराबरी खेलेको थियो । ३ खेलमा दोस्रो जित हासिल गरेको इन्टर मियामी ७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७