बढुवामा नेताका अङ्गरक्षकलाई मात्रै काखी च्यापिएको आरोप


२२ जेष्ठ २०७५, मंगलवार
police 2

काठमाडौं, २२ जेठ । नेपाल प्रहरीमा केही दिनअघि गरिएको बढुवा सिफारिसमा दलका नेताहरुको सुरक्षामा खटिने प्रहरी अधिकृतहरुलाई मात्र काखी च्यापिएको आरोप लागेको छ ।police 2

प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को बढुवा समितिले कार्य क्षेत्रमा खटिएका अधिकृतहरुलाई भन्दा नेताहरुको अङ्गरक्षकमा मात्र आँखा पु¥याएको बढुवा सूचीमा रहेकाहरुको आरोप छ । तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनमा पनि अङ्गरक्षकहरुको अंक बढी देखिएपछि बढृुवा त्यहीअनुसार भएको नेपाल प्रहरीको एक उच्च स्रोतले जानकारी दिएको छ । बढुवामा अङ्गरक्षकलाई प्राथमिकता दिँदा कार्यक्षेत्रमा खटिएका अधिकृतहरु मर्कामा परेका छन् । प्रहरी प्रधान कार्यालयले २८ जना डिएसपीलाई एसपी र ५५ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको थियो ।

एसपीको बढुवा सूचीमा रहेका गंगा पन्त, बसन्त रजौरे, सोमेन्द्रसिंह राठौर, प्रवीण पोखरेल, भूपेन्द्रबहादुर खत्री, आभूषण तिमिल्सेना, तारादेवी थापा, दीपशमशेर राणा, प्रज्वल महर्जन वरीयताक्रममा पछि परेका छन् । यस्तै रमेश बस्नेत र भीम दाहाल बढुवामा छुटेका छन् । लामो समयदेखि कर्मचारी प्रशासनमा रहेका अच्युतमप्रसाद पुडासैनी पहिलो नम्बरमा र प्रताप गुरुङ दोस्रो नम्बरमा बढुवा भएका छन् । उनीहरु दुवै आगामी कात्तिकमा ३० वर्षे अवधिका कारण सेवामुक्त हुँदैछन् । एउटै ब्याचमा रहेका विश्व अधिकारी तेस्रो नम्बरमा बढुवा भएका छन्। उनले सिन्धुपाल्चोकमा एकपटक मात्रै कमाण्ड सम्हालेका थिए । बाँकी समय उनी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बसेका थिए ।

डिएसपी सानुराम भट्टराई चौथो नम्बरमा बढुवा भएका छन् । अभिनारायण काफ्ले बढुवाको आठौं नम्बरमा सिफारिस भएका छन् । डिएसपी बढुवामा एक नम्बरमा रहेका गंगा पन्त १५ नम्बरमा पुगेकी छन् । सोही ब्याचका रमेश बस्नेत, भीम दाहाललगायतका अधिकृत बढुवामा छुटेका छन् । दाहाल रानीबारी हत्याकाण्डका अनुसन्धान अधिकृत हुन् । उनलाई गृह मन्त्रालयले पुरस्कार समेत दिएको थियो ।
इन्सपेक्टरबाट डिएसपी बढुवा पनि उस्तै देखिएको छ । मिमबहादुर लामा पहिलो नम्बरमा बढुवा भएका छन् । रेवतीरमण पोखरेल ३५ औं, दीप्ति कार्की आठौं, रोशन खड्का ५० औं, कौशल बुढाथोकी २३ औं र भीष्म हुमागाईं १४ औं नम्बरमा बढुवा छन् । हुमागाईं ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डको उच्चस्तरीय छानबिन समितिमा छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा गर्दा कोही अघि कोही पछि परेका हुन् । ‘प्रहरी नियमावली २०७१ ले कार्यसम्पादन मूल्याङ्कनलाई बढुवाको आधार बनाएको छ । त्यही नियमावलीअनुसार बढुवा सिफारिस भएका हुन्’, प्रधान कार्यालय स्रोतले भन्यो । सो नियमावलीअनुसार एक सय नम्बरमध्ये ४० नम्बर कार्यसम्पादन मूल्याङ्कन बापत, २० नम्बर ज्येष्ठता बापत, ८ नम्बर भौगोलिक क्षेत्रमा काम गरेबापत, १० नम्बर शैक्षिक योग्यताबापत, साढे सात नम्बर शैक्षिक योग्यताबापत तथा २ नम्बर विभूषण प्राप्त गरे बापत दिइने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७