एकीकृत समाजवादी पनि दुई मन्त्रालय लिएर सरकारमा जाने


२३ फाल्गुन २०८०, बुधबार
madhav nepal
फाइल फोटो

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि नयाँ गठबन्धनको सरकारमा जाने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज (बुधबार) बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो ।

एक नेताका अनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर हामी सरकारमा जाने भएका छौं,’ ती नेताले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७