त्रिशूली बस दुर्घटनामा बेपत्ता थप एक युवकको शव फेला, पहिचान खुल्न बाँकी


२४ फाल्गुन २०८०, बिहीबार
Trishuli accident scaled

काठमाडौं । त्रिशूलीमा बस दुर्घटना हुँदा बेपत्ता रहेका थप एक जनाको शव फेला परेको छ । बिहीबार बिहान साढे ११ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आदामघाटबाट खटिएको गोताखोरको टोलीले शव फेला पारेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलभन्दा अन्दाजी १५० मिटर तल त्रिशूली नदीबाट शव निकालिएको हो । मृतक अन्दाजी २०–२५ वर्षीय पुरूष छन् ।

उनको शव नदीबाट निकालिएको छ । पहिचान खुलाउने काम भइरहेको छ । बुधबार रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४ः४० बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो । बिहीबार थप एक जनाको शव फेला परेको हो । ३८ जनालाई उद्धार गरिएको थियो । बस चालक रूपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७