चिनियाँ राजदूतले पनि भेट परराष्ट्रमन्त्री श्रेष्ठलाई


२४ फाल्गुन २०८०, बिहीबार
narayankaji chines ambasde

काठमाडौं । नव नियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको दोस्रो दिन राजदूत छनले बिहीबार परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले भेटमा दुई मुलुकबीचको सम्बन्धका विविध आयाम बारेमा छलफल भएको जनाएको छ । चिनियाँ राजदूद छनले मन्त्री श्रेष्ठसँग भेट गर्न पाएकोमा खुशी व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा गहिरो र मैत्रीपूर्ण कुराकानी भएको जनाएका छन् । यसअघि आजै भारतीय राजदूत नविन श्रीवास्तवले पनि उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालय पुगेर भेट गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७