बहिनी गुमाएको केहि घण्टामै अभिनेत्री डोली सोहीको पनि निधन


२५ फाल्गुन २०८०, शुक्रबार
blmVJ w

मुम्बई । भारतीय टेलिफिल्म ‘झनक’ की अभिनेत्री डोली सोहीको निधन भएको छ । बहिनी अमनदीपको निधन भएको केही समयपछि डोलीको निधन भएको हो ।

अमनदीपको लिभरमा समस्या देखिएपछि निधन भएको थियो । डोलीको पनि अमनदीपको निधन भएको केही घण्टापछि निधन भएको हो । ४८ वर्षीया डोली सर्वाइकल क्यान्सरबाट पीडित थिइन् । डोली र अमनदीपको निधनले उनको परिवार शोकमा छन् । अभिनेत्रीहरुको मृत्युले टेलिभिजन उद्योगमा शोक छाएको छ । उनको परिवारले दुवैको निधनको पुष्टि गरेका छन् । उनीहरुको शुक्रबार दिउँसो अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

अभिनेत्रीका भाइ मनु सोहीले अमनदीपको निधनपछि उनको दिदी डोलीको हालत गम्भीर नभएको बताएका थिए । तर डाक्टरले अस्पतालमा आराम गर्न सल्लाह दिएका थिए । यद्यपि शुक्रबार बिहान डोलीको निधन भयो । उनी सन् २०२३ मा सर्वाइकल क्यान्सरबाट पीडित रहेको खुलेको थियो । डोलीले गत जनवरीमा सर्वाइकल क्यान्सरका कारण टेलिसिरियल ‘झनक’ को सुटिङबाट ब्रेक लिनु परेको खुलासा गरेकी थिइन् । उनले ‘भाभी’, ‘कलश’, ‘मेरी आशिकी तुम से ही’, ‘खुब लडी मर्दानी’ र ‘झाँसी की रानी’ जस्ता शोमा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७