मन्त्रिपरिषदले स्वीकृति दिइसकेको मन्त्री चौधरीको अमेरिका भ्रमण किन रोकियो ?


२७ फाल्गुन २०८०, आईतवार
bhagawati chaudhari

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण स्थगित भएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा न्यूयोर्कमा हुन लागेको ‘कमिसन अन दि स्टाटस अफ वुमन’ को ६८औं सत्रमा भाग लिन मन्त्री चौधरी जाने तय भएको थियो ।

भ्रमणका लागि मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति पनि दिएको थियो । प्रधानमन्त्रीले तत्काल नै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण स्थगन गरिएको जनाइएको छ । मन्त्री नगएपछि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७