रुसविरुद्धको युद्धमा पोप फ्रान्सिसको भनाइले युक्रेन आक्रोशित


२८ फाल्गुन २०८०, सोमबार
pop

काठमाडौं । युक्रेनले पोप फ्रान्सिसको अपील अस्वीकार गरेको छ । पोपले युक्रेनलाई विगत दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्नका लागि रुससँग वार्ता गर्न अनुरोध गर्दै आइरहेका छन् । उनले युक्रेनले सेतो झण्डा फहराउने साहस गर्नुपर्ने पनि बताएका थिए ।

अन्तर्राष्ट्रिय रूपमा सेतो झण्डालाई युद्धविराम वा वार्ता वा आत्मसमर्पण गर्न इच्छुक भएको संकेत मानिन्छ । पोपको अपिलको जवाफ दिँदै युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले देशको नीलो र पहेंलो झण्डा बाहेक अरू कुनै झण्डा कहिल्यै फहराउन नहुने बताए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि पोपको भनाइलाई अस्वीकार गरेका छन् । आइतबार राति राष्ट्रका नाममा जारी गरिएको भिडियो सन्देशमा उनले पोपको नाममा युद्धमा युक्रेनको चर्च र धार्मिक नेताहरूको योगदानको प्रशंसा गरे ।
भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरे ।

स्विस मिडिया संगठन आरएसआईसँग पोपको अन्तर्वार्ता फेब्रुअरीमा रेकर्ड गरिएको थियो, र मार्च २० मा प्रसारित हुनेछ । समाचार एजेन्सी रोयटर्सका अनुसार यस अन्तर्वार्तामा पोपले भनेका छन्, ‘सबैभन्दा बलियो त्यो हो जसले परिस्थितिमाथि नजर राख्छ, जसले जनताको बारेमा सोच्दछ र सेतो झण्डा फहराउने र वार्ता गर्ने साहस छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७