एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल नासर


२९ फाल्गुन २०८०, मंगलवार
Ronaldo

काठमाडौँ । अल नासर एशियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गए राति सम्पन्न क्वार्टर फाइनलमा युएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

दोस्रो लिगमा अल नासरले ३–२ को नतिजा निकालेसँगै पहिलो लिगमा १–० ले हारेको आधारमा खेल ३–३ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल ४–३ ले सकियो र समग्रमा खेल ४–४ ले बराबरी भयो ।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा अल नासरका क्रिस्टियानो रोनाल्डो बाहेक अन्य तीन खेलाडीले गोल गर्न सकेनन् र अल नासरले खेल ३–१ ले हार्न पुग्यो । यो हारसँगै अल नासर एशियन च्याम्पियन्स लिगमा क्वार्टर फाइनलबाट नै बाहिरिएको छ भने अल ऐन सेमिफाइनलमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७