सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिंदै


५ चैत्र २०८०, सोमबार
Gathabandhan karyadal scaled

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रम आज (सोमबार) सार्वजनिक गरिँदै छ ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको कार्यदलले तयार पारेको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’लाई बुझाइसकेको छ । शनिबार १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो ।

कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौति समाधान, आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७