ब्राजिलका पूर्व फर्वाड रोविन्हो पक्राउ, बलात्कार आरोपमा नौं वर्ष जेल


९ चैत्र २०८०, शुक्रबार
Robinho

काठमाडौं । ब्राजिलका पूर्व फुटबल फर्वाड रोविन्होलाई पक्राउ गरिएको छ । बलात्कार आरोपमा नौं वर्षको जेल सजाए सुनाइएको रोविन्होलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

सन् २०१३ मा मिलानको एक नाइट क्लबमा अल्बेनियाली महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनलाई दुई वर्षअघि दोषी ठहर गरिएको थियो । ४० वर्षीय रोबिन्होलाई उनको गृहनगर सान्तोसस्थित फ्ल्याटबाट पक्राउ गरिएको हो ।
इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि ब्राजिलमा उनको सजाय काट्नका लागि अदालतमा अनुरोध गरिएको थियो ।

तर बुधबार, ब्राजिलको एक अदालतले ९ वर्षको सजायलाइ कायम राख्दै घरमै नजरबन्दको सट्टा जेलमा पठाउने आदेश दिएको थियो । यसअघि बिहीबार सर्वोच्च अदालतका न्यायाधीश समक्ष हिरासत रोक्नका लागि गरेको अनुरोधलाई अस्वीकार गरेको थियो । ब्राजिलको अदालतको यो निर्णयलाई धेरैले स्वागत योग्य भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७