दिलिपकुमारले अस्वीकार गरेको फिल्मले जितेको थियो ७ अस्कर अवार्ड


११ चैत्र २०८०, आईतवार
Dilip Kumar

मुम्बई । बलिउडमा आफ्नो अभिनय र सुपरहिट फिल्मका लागि खान साहब भनेर चिनिने दिलीप कुमारले सौदागर, आग का दरिया, कानून अपना अपना, मशाल र दुनिया जस्ता फिल्ममा आफ्नो अभिनय क्षमता प्रमाणित गरेका छन् ।

के तपाईलाई थाहा छ दिलिपकुमारले ले ७ ओस्कर अवार्ड पाएको फिल्म अस्वीकार गरेका थिए । सन् १९६२ मा प्रख्यात निर्देशक डेभिड लीनले आफ्नो फिल्म ‘लरेन्स अफ अरेबिया’ मा प्रिन्स शेरिफ अलीको चरित्रका लागि भारतीय अनुहार खोजिरहेका थिए ।

डेभिड लीनले यस भूमिकाका लागि दिलीपकुमारलाई सम्पर्क गरे तर उनले यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए । दिलीप कुमारले यसको कारण भनेका थिए कि उनले हिन्दी सिनेमामा जति भूमिका पाइरहेका छन्, त्यही मापनमा भूमिकाको मूल्याङ्कन गरेका छन् । दिलीपकुमारले आफूलाई प्रमाणित गर्न वा सन्तुष्ट हुन हलिउडको आवश्यकता नरहेको महसुस गरे । उनले आफ्नो करियरमा कुनै पनि विदेशी फिल्ममा काम गरेनन् ।

तर, दिलिपकुमारले काम गर्न अस्वीकार गरेको फिल्म ३५ औं ओस्कर अवार्डमा १० विधामा मनोनित भएको थियो । जसमध्ये फिल्मले ७ ओस्कार अवार्ड पाएको थियो । बलिउडमा दिलीप कुमारलाई ट्र्याजेडी किङ पनि भनिन्छ । यसको कारण हो उनका केही चलचित्र । उनले आफ्नो करियरमा केही यस्ता फिल्म गरे, जसका कारण उनको नाम ‘ट्र्याजेडी किङ’ को रुपमा चिनिन थाल्यो । उनले धेरै फिल्ममा यस्ता भूमिका गरेका थिए, जसका कारण उनले यो नाम पाएका हुन् ।

उनको फिल्मका केही पात्र यस्ता थिए, जसका कारण उनी तनावमा परे र उनको उपचार पनि गराएका थिए । उनी अन्तिम पटक सन् १९९८ मा आएको फिल्म ‘किला’ मा देखिएका थिए । दिलीप कुमारलाई सन् १९९४ मा दादासाहेब फाल्के अवार्ड र २०१५ मा पद्म विभूषणबाट पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७