बोआओ फोरममा सहभागी हुन एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान


१३ चैत्र २०८०, मंगलवार
Bishnu
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज (मंगलबार) चीन प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।

उपाध्यक्ष पौडेल बिहान पौने १० बजे हिमालयन एयरलाइन्सको उडान नं. एच ९–७८७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका लागि उडेको बताइएको छ । वामपन्थी वृतमा पौडेल चीननिकट भनेर चिनिन्छन् । एमाले र माओवादीको सत्ता समीकरण मिलाउन उनले भित्रभित्रै महत्वपूर्ण भूमिका खेलेको चर्चा हुने गर्छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि नौं दिने चीन भ्रमणमै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७