ढोलाहिटी ‘हत्याकाण्ड’ : चार जनाविरूद्ध मात्र मुद्दा चलाउने तयारी


१३ चैत्र २०८०, मंगलवार
dholahiti abhiyukta

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या घटनामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । फागु पूर्णिमाका दिन (चैत ११ गते राति) ललितपुर महानगरपालिका–२६ ढोलाहिटी, राजकुलो ओसिस मार्गमा दुई फरक समूहका २८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राईको हत्या भएको थियो ।

सो घटनामा संलग्न आरोपमा पक्राउ परेकामध्ये प्रहरीले मंगलबार बिहान खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई हाल ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने होटल सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई ललितपुर–१५, खुमलटार बस्ने होटल सञ्चालक वर्ष ३० का सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण स्थायी वतन भई हाल ललितपुर–२६ जैनखेल बस्ने वर्ष ३८ का विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने वर्ष २५ का छेड्वीहाङ राईलाई सार्वजनिक गरेको हो।

घटनापछि राजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दियो। विजयले नै चक्कु प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ । घटनामा चक्कु प्रहार गर्ने विजय यसअघि लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ । घटनापछि राजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दियो । यस घटनामा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । तर, चार जनाविरुद्ध मात्रै प्रहरीले मुद्दा अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७