बलिउड चलचित्र रामायणमा दशरथको भूमिकामा अभिताभ बच्चन


१३ चैत्र २०८०, मंगलवार
Amitab

मुम्बइ । नितेश तिवारीको फिल्म ‘रामायण’ मा दशरथको भूमिकामा अभिताभ बच्चन देखिने संकेत देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिग बिलाइ दशरथको भूमिका निभाउनका लागि अफर गरिएको छ तर बच्चनले अहिले नै टुंगो भने दिइसकेका छैनन । उनी यसका बारेमा इच्छुक भए पनि निर्णय भने लिइ सकेका छैनन, यद्दपी कुराकानी चलिरहेको छ ।

सो फिल्मको रामको भूमिकामा रणवीर कपुर तथा सीताको भूमिकाका लागि साई पल्लवीलाई यसअघि नै छनोट गरि सकिएको छ । फिल्ममा केजीएफ स्टार यशले रावणको भूमिका निभाउने सम्भावना छ भने सनी देओललाई हनुमानको भूमिकामा राखिएको बताइएको छ । भाइ कुम्भकर्ण र विभिषणको भूमिकाका लागि बबी देओल र विजय सेतुपतिसँग कुराकानी भइरहेको भारतीय मिडियाले लेखेका छन् ।

तर, यसै बर्षको सुरूमा सुटिङ गर्ने भने पनि सुटिङ समय अन्यौल भइरहेको छ । कलाकारहरू चयन भइनसकेकाले सुटिङमा रामायण जानका लागि अझै समय लाग्ने जनाइएको छ । ‘धेरै आन्तरिक समस्या’ पहिले समाधानपछि बल्ल सुटिङमा जाने नितेश तिवारीले जनाएका छन् ।

‘प्रोजेक्ट चलिरहेको छ तर यो वर्षमा गर्ने प्रयास हो तर अझै यहाँ धेरै आन्तरिक कामहरू मिलाउन बाँकी रहेका छन्,’ बलिउड हंगामाले उल्लेख गरेको छ । समाचारमा यो पनि भनिएको छ कि कलाकारहरूको पोशाक डिजाइन बनाउन ढिलाइ भएको छ किनभने पोशाकहरूले पौराणिककालीन झल्को दिनु पर्ने हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७