भारतमा सकुशल भेटिइन् धनगढीका मेयर हमालकी पुत्री आरती


१४ चैत्र २०८०, बुधबार
hamal

काठमाडौं । भारतमा सम्पर्कविहीन बनेकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल (गोपी) हमालकी छोरी सम्पर्कमा आएकी छन् । सोमबारदेखि भारतको गोवाबाट सम्पर्कविहीन भएकी आरती हमाल परिवारको सम्पर्कमा आएकी हुन् ।

मेयर हमालले आफ्नी छोरी सकुशल भेटिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । यद्यपि उनको स्वास्थ्य भने कमजोर रहेको हमालले उल्लेख गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्वीरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् ।

अहिले उनी सम्पर्कमा आएपछि बैनी आरजु हमाल र उनका श्रीमान् रीतेज भट्ट गोवा पुगेका छन् । नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजिदिन सबैमा आग्रह गरेका थिए । आरती ओशो साधक हुन् । परिवारका अनुसार ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७