नेकपा एसले छान्यो उपनिर्वाचनका उम्मेद्वार : इलाममा जीतबहादुर, बझाङमा दिलबहादुर


१४ चैत्र २०८०, बुधबार
ilam jitbhadur nekapa s
जीतबहादुर राई–इलाम

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका छन् । यद्यपी एकीकृत समाजवादीले आधिकारिक निर्णय गर्न भने बाँकी रहेको छ ।

उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुँदैछ । अहिलेसम्म एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बूलाई उम्मेदार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दैछ । त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेद्वार उठाउने निर्णय गरको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७