रास्वपाबाट उम्मेदवार बनेपछि मिलन लिम्बूलाई माओवादी निकट प्रेस सेन्टरले गर्‍यो बर्खास्त


१६ चैत्र २०८०, शुक्रबार
Milan karbahi

काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका मिलन लिम्बूलाई नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बर्खास्त गरेको छ । माओवादी केन्द्रमा आवद्ध लिम्बूलाई रास्वपाले इलाम–२ बाट उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

लिम्बूलाई रास्वपाले उम्मेदवार बनाएसँगै प्रेस सेन्टरले विज्ञप्ति निकालेर बर्खास्त गरिएको जानकारी दिएको छ । लिम्बू माओवादीको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिव समेत थिए । उनले माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न रास्वपातिर लागेपछि बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले बताएका छन् ।

milan 1.jpg 2 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७