बैंगलुरुमाथि कोलकोताको शानदार जित


१७ चैत्र २०८०, शनिबार
KKR.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ । गए राति सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो ।

कोलकोताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए । त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाए भने फिल साल्टले ३० रन बनाएका थिए । त्यसैगरी यसअघि टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो । यो जितपछि कोलकोताले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार व्यहोरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७