माओवादी पूर्व लडाकु कमाण्डर खामलाई थुनामा पठाउन आदेश


२३ चैत्र २०८०, शुक्रबार
kali bdr kham

चितवन । जिल्ला अदालत चितवनले पूर्व माओवादी लडाकु कमाण्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश दिएको छ । अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले शुक्रबार खामलाई थुनामा पठाउन आदेश दिएको जानकारी दिए । न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई थुनामा पठाउन आदेश दिएको हो ।

बिहीबार पनि बहस भएको मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा खाम सोमबार पक्राउ परेका थिए । खामलाई जिल्ला प्रहरी कार्यालय चितवनले बुधवार अदालतमा हाजिर गराएको थियो । मृतक श्रेष्ठलाई २०६५ वैशाख १५ गते माओवादी कार्यकर्ताले केही कुरा बुझ्न खामले लगेको मृतककी श्रीमती रमिलाले जाहेरीमा उल्लेख गरेकी छिन् । रमिलाका अनुसार त्यसको १० दिनपछि बटालाले उनलाई श्रीमानसँग एकपटक फोन सम्पर्क गराएका थिए। श्रेष्ठको शव २०६५ जेठ १२ गते चितवनको जुगेडीस्थित त्रिशूली नदीमा भेटिएको थियो ।

त्यसपछि उनको परिवारले खाम सहित तेस्रो डिभिजन शक्तिखोरका तत्कालीन ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटालामाथि मुद्दा दर्ता गराएका थिए। त्यसयता खाम फरार थिए । प्रहरीले अनुसन्धान सकेपछि उनको मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो । सर्वोच्चका न्यायाधीशले यस मुद्दालाई मुल्तबीमा राखेका थिए । खाम पक्राउ परेसँगै बाँकी अदालती प्रक्रिया अगाडि बढेको उनले बताए ।

ब्रिगेडियर कमाण्डर बटालाले भने चार वर्षअघि सर्वोच्च अदालतबाट सफाइ पाइसेका छन् । सर्वोच्चका तत्कालीन न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ साल फागुन १८ गते बटालालाई सफाइ दिएको थियो । खामलाई हिजो प्रहरीले काठमाडौँको ठमेलबाट पक्राउ गरेर आज चितवन ल्याइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७