सुदूरपश्चिममा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले दिए १० दिनको समय


२३ चैत्र २०८०, शुक्रबार
najir 01 1 IaZYSB1eQW a2PAow3HJq

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको दावी पेश गर्न आह्वान गरेका हुन् ।

उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका हुन् । कांग्रेसबाट कमलबहादुर शाह २०७९ माघ २६ गते मुख्यमन्त्री बनेका थिए । उनले १४ महिनासम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरे । तर प्रदेशको सबैभन्दा ठूलो दलले बहुमत गुमाउन पुग्दा शाहले विश्वासको मत नलिई बिहीबार पदबाट राजीनामा दिएका थिए ।

सुदूरपश्चिममा ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीमा देखिएको चर्को विवादका कारण शाहले सत्ताबाट हात धुनुपरेको हो । सरकार जोगाउन शाहले नाउपाका ५ सांसदलाई मन्त्री बनाएका थिए । तर नाउपाका २, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद तटस्थ बसिदिँदा शाहले बहुमत जुटाउन नसकेर विश्वासको मत नलिई राजीनामा दिएका हुन् ।

far west government ZQ8McxYJ6Q

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७