सांसद भण्डारीको टिप्पणी : देश बनाउँछु भनेर हिंडेका नेताले छोराहरूलाई सुन बोकाउन सिकाए

‘यस्ता नेताहरूबाट देश बन्छ भनेर कहिलेसम्म कुरिरहने ?’


२४ चैत्र २०८०, शनिबार
chandra bhandari

बुटवल । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले देश बनाउँछु भनेर हिँडेका नेताहरूले आफ्ना छोराहरूलाई सुन बोकाउन सिकाएको टिप्पणी गरेका छन् । रुपन्देहीमा आयोजित कार्यक्रममा उनले देशका १२ जना नेताहरूकै कारण मुलुक आर्थिकरूपमा तहसनहस बनिरहेको आरोप लगाए ।

‘सत्तामा हुँदा जनताको काम गर्लान् भनेको सन्तानलाई सुन तस्करी गर्न सिकाउँछन्’ ,भण्डारीले भने, ‘यस्ता नेताहरूबाट देश बन्छ भनेर कहिलेसम्म कुरिरहने ?’ ३४ वर्षदेखि एउटै अनुहारलाई भोट हालेर जिताइरहेका नेपाली जनताहरूले अब विवेकपूर्ण निर्णय गर्न समेत सचेत गराए । ‘जसले घुस खाँदैन उसलाई छान्नुस् त मुलुक दुई दिनमा बन्छ, नेताको दास बनेर देश बन्छ भन्नु कल्पना मात्र हुनेछ ।’

अदूरदर्शी नेतृत्वका कारण अर्बौ रुपैयाँ ऋण लिएर बनाएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल अलपत्र पर्नुले निजी क्षेत्रलाई निरुत्साहित बनाएको भण्डारीले बताएका छन् । ‘नचलाउने भए यतिका धेरै खर्च गरेर किन एयरपोर्ट बनाउनु ?’, भण्डारीले भने, ‘एयरपोर्टका ठाउँमा सुनवलदेखि पोखरासम्म पाँच लेनको सडक बनाएको भए करोडौं भारतीय पर्यटकलाई भित्र्याउन सकिन्थ्यो । यो क्षेत्र आर्थिक रुपमा धेरै माथि जान्थ्यो । तर, कमिसनको लोभमा विकेका नेताहरुले जनतालाई घात गरे ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७