राजकुमारी राई र प्रेमकुमार राईलाई स्व. हरिलाल स्मृति सम्मान


२४ चैत्र २०८०, शनिबार
kirat rai kramchari manchha

काठमाडौं । मालपोत कार्यालय, पाँचथरका खरिदार राजकुमारी राई र नेपाल टेलिकम, संखुवासभाका अधिकृत सातौं प्रेमकुमार राईलाई स्व. हरिलाल स्मृति सम्मान प्रदान गरिएको छ ।

किरात राई कर्मचारी मञ्चले १४ औं स्थापना दिवसको अवसरमा कोटेश्वरको किराया सुम्निमा हलमा एक भव्य कार्यक्रममा गरी १५ हजार पाँच रुपैयाँ नगद र सम्मान पत्रसहित स्व. हरिलाल स्मृति सम्मान २०८० प्रदान गरेको हो ।

यसैगरी मञ्चले कार्यक्रममा संस्थापकहरू र सेवा निवृत्त पूर्व सचिव सागर कुमार राईलाई समेत सम्मानपत्र सहित सम्मान गरेको मञ्चका केन्द्रीय सचिव योग्यप्रसाद राईले जानकारी दिए । वि.स. २०६७ चैत्र २१ गते पहिलो पटक हाल लोक सेवा आयोगका सदस्य वीर बहादुर राईको अध्यक्षतामा ९ सदस्यीय मञ्चको कार्य समिति गठन भएको थियो ।


स्व. हरिलाल राईको परिवारबाट कोषमा एक लाख रुपैयाँ प्रदान गरी कोषको जम्मा पुँजी रकम चार लाख रुपैयाँ पुर्‍याएको सचिव राईले जानकारी दिए । उनले भने,‘ कार्यक्रममा स्व. हरिलाल राईको परिवारबाट कोषमा एक लाख रुपैयाँ प्रदान गरी कोषको जम्मा पुँजी रकम चार लाख रुपैयाँ पुर्‍याउनु भएको छ । यही कोषको ब्याज रकमबाट हरेक वर्ष उत्कृष्ट कार्य गर्ने किरात राई समुदायका राष्ट्रसेवक कर्मचारीहरूमध्ये महिला एक र पुरुष एकलाई सम्मानित गर्दै आइरहेको छाैँ ।’

  • rajkumari rai 2
  • birbahadur rai
  • kramchari

त्यस्तै, मञ्चले किरात राई समुदायबाट सार्वजनिक सेवामा प्रवेश हुने नवप्रवेशी कर्मचारीहरूलाई बधाई ज्ञापन गर्दै प्रशंसा पत्र प्रदान गरेको छ । कार्यक्रम प्रमुख अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेको हो ।

कार्यक्रमका बक्ताहरूले लोक सेवा आयोग सफल भएको तथा कार्य अनुभव र किरात राई कर्मचारीले समुदायप्रति निभाउनुपर्ने दायित्त्व बारेमा आफ्नो विचार गरेको हो भने कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई लोक सेवामार्फत् सार्वजनिक सेवामा प्रवेश गर्न प्रेरित समेत गरेका थिए ।

मञ्चले पुँजी कोष स्थापना गरी वर्षेनी लोक सेवा आयोगका कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ भने कार्यक्रममा शरण राईले पुँजी कोषको लागि २५ हजार प्रदान गरे ।

मञ्चका अध्यक्ष खिल राज राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा र सदस्य शरण राई, मञ्चका संस्थापक अध्यक्ष वीर बहादुर राई, किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राई, पूर्व सचिव सागर कुमार राई, सहसचिव अमृत बहादुर राई र आदिवासी जनजाति महासंघका महासचिव दिवस राईलगायतले शुभकामना मन्तव्य राखेको थिए ।

कार्यक्रमको सञ्चालन महासचिव अबिलाल राईले गरेको हो भने स्वागत मन्तव्य उपाध्यक्ष अनिल किरातीले राखेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७