विष्फोटमा परी सात बालबालिकाको मृत्यु


२५ चैत्र २०८०, आईतवार
1712452299 sirya blast 1200x560 2

काठमाडौँ । दक्षिणी सिरियामा विफोट हुँदा ७ जना बालबालिकाको मृत्यु भएको छ । दक्षिणी सिरियाको दारा प्रान्तमा शनिवार एउटा ‘विष्फोटक उपकरण’ विष्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सानाले भनेको छ, ‘आतङ्कवादीले सानमायन सहरमा राखेको एउटा विष्फोटक उपकरण विष्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको छ र एक महिलासहित दुई जना घाइते भएका छन् ।’ सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरका अनुसार भने विष्फोटमा फरक–फरक उमेरका ७ बालबालिका मारिएको र एक जना घाइते भएका छन् ।

बेलायतस्थित मनिटरले उक्त क्षेत्रमा अज्ञात व्यक्तिलाई निशाना बनाउन मिलिसियाहरूले उक्त उपकरण राखेको आरोप लगाएको छ । जिहादी र विदेशी सेनालाई समावेश गरेको घातक द्वन्द्वबाट बढेको सिरियाको युद्धबाट पाँच लाख सात हजारभन्दा बढी मानिस मारिएका छन्, लाखौँ विस्थापित भएका छन् र मुलुकको पूर्वाधार तथा उद्योग क्षेत्र ध्वस्त भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७