निर्वाचनपछि कुवेतका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा


२६ चैत्र २०८०, सोमबार
kubet pm

कुवेत सिटी । कुवेतका प्रधानमन्त्री शेख मोहम्मद सबाह अल–सलम अल–सबाहले पदबाट राजीनामा दिएका छन् । उनले अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहलाई आफ्नो मन्त्रिपरिषद्को राजीनामा बुझाएको सरकारी समाचार संस्था कुनाले जनाएको छ । गत बिहीबार नयाँ संसदको निर्वाचन भएपछि उनले यो राजीनामा दिएका हुन ।

राष्ट्रियसभाको प्रत्येक कार्यकालको सुरुमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था संविधानको धारा ५७ ले गरे बमोजिम वर्तमान सरकारले व्यवस्थापिकाको उद्घाटन अघि नै राजीनामा बुझाउनु पर्नेछ । आफ्नो राजीनामा अघि शनिबारको विशेष मन्त्रिपरिषद बैठकमा १८ अप्रिलमा राष्ट्रिय सभालाई पहिलो नियमित अधिवेशन बोलाउन आह्वान गर्ने कानूनको मस्यौदा स्वीकृत गरेको पनि कुनाले जनाएको छ ।

बैठकमा प्रधानमन्त्रीले अमिरको नेतृत्व र समर्थनका लागि मन्त्रिपरिषदको तर्फबाट कृतज्ञता व्यक्त गर्दै राजीनामाले संवैधानिक दिशानिर्देश र लोकतान्त्रिक प्रक्रियाप्रति सरकारको प्रतिबद्धता झल्काउने प्रतिक्रिया दिएका छन् । राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतका मतदाताले बिहीबारदेखि मतदान सुरु भएको थियो । भोलिपल्ट भएको मतगणना अनुसार २०० उम्मेदवारको समूहबाट एक महिलासहित ५० जना सांसद चयन भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७