केजरीवाललाई उच्च अदालतले दिएन राहत


२७ चैत्र २०८०, मंगलवार
kejariwal sgQKM5mbWg

नयाँदिल्ली । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ । मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिँदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले कुनै किसिमको राहत दिन अस्वीकार गरेको हो ।

अदालतले गिरफ्तारी कानुनी रुपमा सहित भएको ठहर गर्दै केजरीवालले दाबी गरे जस्तो गिरफ्तारी गैरकानुनी नभएको आफ्नो आदेशमा बताएको छ । अदालतले यो याचिका जमानतको लागि नभएर गिरफ्तारी कानुनी हो या होइन भन्ने रहेको स्पष्ट गरेको छ । अदालतको यो फैसलापछि केजरीवालले जमानतको लागि अर्को रिट दायर गर्न सक्ने बताइएको छ । केजरीवाललाई १५ अप्रिलसम्म हिरासतमा राख्न अदालतको अनुमति रहेको छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७