आईपीएलमा आज दुई खेल हुँदै


२ बैशाख २०८१, आईतवार
thumb 1

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछन् । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच हुँदैछ । कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ३ः ४५ बजेदेखि हुँदैछ ।

अहिलेसम्म कोलकोताले ४ खेलमा जित हासिल गरेको छ भने एक मात्र हार व्यहोरेको छ । त्यसैगरी लखनउले भने ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार व्यहोरेको छ । त्यसैगरी आज दोस्रो खेल मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सबीच हुँदैछ । मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुने यो खेल राति ७ः ४५ बजेदेखि सुरु हुँदैछ ।

जारी आईपीएलमा मुम्बई इण्डियन्सले ५ खेलमा २ जित हासिल गरेको छ भने ३ खेलमा हार व्यहोरेको छ । सुरुका तीन खेलमा हार व्यहोरेको मुम्बईले पछिल्ला दुई खेल जितेर विजयी लयमा फर्किएको छ । त्यसैगरी चेन्नई सुपर किंग्सले भने अहिलेसम्म ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार व्यहोरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७