महालेखा परीक्षकमा तोयम राया नियुक्त


६ बैशाख २०८१, बिहीबार
Toyam raya

काठमाडौं । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा(२) बमोजिम रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका हुन् ।

मंगलबार बिहान बसेको सुनुवाइ समितिले महालेखा परीक्षकमा रायालाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो । राय पूर्व अर्थसचिव समेत हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको थियो ।

t

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७