गोल गर्दा मेस्सी किन आकाश तर्फ हेर्छन् ?


२६ जेष्ठ २०७५, शनिबार
leonal messi

काठमाडौं २७ जेठ । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेस्सीको जति छन् प्रशंसक त्यो भन्दा ज्यादा उनमा जादु छ । लरतरको मिहेनतले अर्जेको भने होइन । निरन्तरको प्रयाश, दृढ संकल्पले सिर्जना गरेको हो त्यो उनको जादु । कसरी बने विश्व फुटबलर स्टार ? ताकी उनीसँग उच्चाई बढ्ने हार्मोन कमी थियो । जति खेर मेस्सी बार्सिलोना प्रवेश गरे त्यो समय उनको उमेर भन्दा धेरै कम उच्चाई थियो ।

leonal messi 1
लिओनल मेस्सी /तस्बिर: गुगल

मध्यम वर्गिय परिवार भएकै कारण उपचार गर्न सक्ने क्षमता परिवारमा थिएन । तर, पनि उनले त्यो रोकलाई जिते । मेस्सी आज त्यो स्थानमा हुनु विशेष परिवारको ठूलो हात रहेका छन् । परिवारको त्यो सहयोग नभएको भए आज मेस्सी त्यो स्थानमा हुन्थ्यो हुन्थेन केही भन्न सकिन्न । जे होस् अहिले मेस्सीले विश्व फुटबल प्रेमीहरूलाई चकित बनाइरहेका छन् ।

हामी देख्छौँ मेस्सीले गोल गरी सकेपछि आकाश तर्फ फर्केको । तर त्यसको महत्त्वपूर्ण अर्थ छ । त्यो उनले कुनै स्टाइल प्रस्तुत गरेको भने होइन । उनले आफ्नी हजुरआमा प्रति श्रदाञ्जली अर्पण गरेको हो । उनकी हजुरआमा सेलियाले बहुत माया गर्ने गर्थिन् । मेस्सीलाई फुटबलमा प्रेरणा दिने सेलिया हजुआमा नै हुन् । मेस्सी बाल्यकालमा हुँदा उनलाई आवश्यक सामाग्री सबै उपलब्ध गराउँथिन् । मेस्सी उही सन् १९९८ देहावसान भएको हजुरआमाको प्रेरणा अंगाल्दै आज मेस्सी बने ।

मेस्सीलाई पहिलो खेलसम्म हजुरआमाले नै डोर्‍याएकी थिइन् । अहिले मेस्सीले हजुरआमा गुमाइसकेकी छिन् । तर, प्रत्येक पटक सम्झन्छन् हजुरआमालाई मेस्सी । उनले जतिपटक गोल गर्छन्, हजुरआमालाई सम्झदै आकाश तर्फ फर्केर श्रदाञ्जली अर्पण गर्छन् । यही कारण हो मेस्सीले प्रत्येक पटक गोल गर्दा आकाश तर्फ फर्कने ।

leonal messi
लिओनल मेस्सी /तस्बिर: गुगल

सानैबाट फुटबलमा सम्भावना देखाएका मेस्सीका बाबा जोर्गीले छोराको प्रतिभा देखेर धेरै क्लबहरूमा प्रस्ताव लगेका थिए । जोर्गीले छोराको रोगको जुन क्लबले उपचार गर्छ त्यही क्लबमा अनुबन्ध गराउने भन्दै धेरै क्लब चहारेका थिए । प्रत्येक महिना हजार डलर उपचार खर्च लाग्ने भएकोले अर्जेन्टिनाकै न्युअल्स बोल्ड ब्वाइज र रिभर प्लेट क्लबले इन्कार गरेका थिए । छोराको भविष्यको चिन्ताले पोलेको जोर्गी क्लब खोजी गरिरहँदा बार्सिलोनाको सम्पर्कमा पुगेका हुन् । बार्सिलोनाले परीक्षा लिएपछि जोर्गीको प्रस्तावमा बार्सिलोना राजी भएका थिए ।

सन् २००० मा १३ वर्षको उमेरमै बार्सिलोना बाबुको साथ लागेर गएका हुन् । लाजालु स्वाभावका मेस्सी २००१ मा नै बार्सिलोनाको चर्चित फुटबल स्कुल ला मासियामा प्रवेश पाए । त्यहीबाट उनले फुटबलको ज्ञान पाए । उनले त्यो स्कुलमा प्रतिभावान युवा खेलाडीहरूसँग भेट भयो साथै नियमित प्रशिक्षणको मौका पनि पाए । मेस्सीले बार्सिलोना प्रवेश गरेको ४ वर्षमानै बार्सिलोनाबाट डेब्यू गरेका थिए । बार्सिलोमा प्रवेश गरेको ९ वर्षसम्ममा त मेस्सी चचित देलाडी बनिसकेका थिए ।

सन् २००९ मा मात्रै मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लागि, फिफा क्लब विश्वकप, स्पेनिस सुपरलिग, कोप डेल रे र युएफा सुपर लिगको उपाधि उचालेका थिए । आज सम्म मेस्सीले बार्सिलोनालाई २२ उपाधि दिलाइसकेका छन् । यस वर्ष मात्रै मेस्सीले बार्सिलोनालाई ला लागि र कोप डेल रेको उपाधि जिताई सकेका छन् । बार्सिलोनामा रहेर ९ सिजन खेलिसकेका मेस्सीले प्रत्येक सिजनमा ४० बढी गोल गरेका छन् । उनले २०११।०१२ सिजन लालिगामा सर्वाधिक ५० गोल गरेर गिनिज बुकमा नाम समेत लेखाउन भ्याइसकेका छन् ।

उनले पाँच पटक विश्वको सर्बाेत्कृष्ट खेलाडीले पाउने बालोन डी’अर अवार्ड समेत जितिसकेका छन् । मेस्सीले अजेन्र्टिनालाई पनि उपाधि दिलाएका छन् । मेस्सीले सन् २००५ मा अजेन्टिनालाई फिफा यू–२० विश्वकपको पनि उपाधि दिलाए । त्यस्तै सन् २००८ मा चीनमा सम्पन्न भएको ओलाम्पिकमा उनले अर्जेन्टिनालाई स्वार्ण पदक समेत दिलाएका छन् ।

मेस्सीले अब अर्जेन्टिनालाई विश्वकप दिलाऊँ भने बाँकी छ । सन् २०१४ को विश्वकपको फाइनल सम्म पुगेका थिए । तर, इन्जुरी समयमा जर्मनीसँग १—० ले पराजित बन्यो । फेरी, पुनः ४ वर्षपछि मेस्सीलाई विश्व कप जित्ने मौका आएको छ । सायद यो मौका मेस्सीले सदुपयोग गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७