यी हुन् दोस्रो चरणको चुनावका लागि एमालेका ४३ उम्मेदवार (सूचीसहित)


१२ कार्तिक २०७४, आईतवार
Uml एमाले बैठक

काठमाडौं : बामगठन्धनको नेकपा (एमाले) र माओवादीले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्ला मध्ये ४० जिल्लामा निर्वाचन क्षेत्र बाँडफाँड टुंग्याएका छन् । एमाले नेता वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा शनिबार दिनभरि बसेर गठबन्धनका ४० जिल्लाका ११५ निर्वाचन क्षेत्रमा एमालेलाई ६८ र माओवादीलाई ३६ सिट हुनेगरी बाँडफाँड टुंग्याए ।

Uml एमाले बैठक
फाइल तस्बिर ।

५ जिल्लाका १३ निर्वाचन क्षेत्रमा भने अझै बाँडफाँड टुंग्याउन बाँकी छ । ११५ प्रतिनिधिसभाका क्षेत्र मध्ये स्वतन्त्रलाई १० र राजमोलाई एक स्थान दिइएको छ । त्यस्तै दोस्रो चरणको प्रदेश सभाका २५६ स्थानमध्ये  एमालेलाई १७७, माओवादीलाई ११७ र स्वतन्त्रलाई ८ निर्वाचन क्षेत्र बाँडिएको छ । प्रदेशसभामा २८ क्षेत्र बाँडफाँड गर्न बाँकी छ ।

वाम गठबन्धनले शनिबार दिनभरि बसेर सिट बाँडफाँड टुंग्याउन प्रयास गरे पनि प्रतिनिधि र प्रदेश सभाका केही सिट विभाजनबारे टुंगोमा पुग्न सकेनन्।

वाम गठबन्धनले चितवन, झापा, सुनसरी, उदयुपर र सल्यानमा सिट बाँडफाँड अझै टु‌ग्याउन सकेको छैन्। त्यसमध्ये पनि मुख्य विवाद चितवन-२ र सल्यानमा देखिएको छ। चितवन -२ मा माओवादीले नेता रामबहादुर थापा ‘बादल’ का लागि अडान लिइरहेको छ भने सल्यानमा एमालेले पूर्वसांसद तथा अर्थ समिति सभापति प्रकाश ज्वालालाई माओवादीले छोड्नु पर्ने बताउँदै आएको छ। एमाले चितवन -२ मा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलका लागि अडान लिइरहेको छ।

 गठबन्धनकाे एमालेले प्रतिनिधिसभाको ४३ सिटको उम्मेदवारको लगभग टुंगो लगाइसकेको छ । अब औपचारिक घोषणा हुन बाकिँ छ ।

लगभग टुंगो लागेका एमालेका उम्मेदवार
केपी शर्मा ओली,झापा ५
माधवकुमार नेपाल,काठमाडौं २
झलनाथ खनाल, इलाम १
सुवास नेम्वाङ, इलाम २
एलपी साँवा, झापा ४
ऋषिकेश पोखरेल, मोरङ २
भानुभक्त ढकाल, मोरङ ३
लालबाबु पण्डित, मोरङ ६
राजेन्द्र राई, धनकुटा
तेजमान कन्दङ्वा, तेह्रथुम
मन्जु चौधरी, उदयपुर १
जगन्नाथ खतिवडा, उदयपुपर २
गोकुल बास्कोटा, काभ्रे २
महेश बस्नेत, भक्तपुर २
कृष्ण राई, काठमाडौं ३
राजन भट्टराई, काठमाडौं ४
ईश्वर पोखरेल, काठमाडौं ५
रामवीर मानन्धर, काठमाडौं ६
नवराज सिलवाल, ललितपुर १
कृष्णलाल महर्जन, ललितपुर २
सुरेन्द्र पाण्डे, चितवन १
कृष्णभक्त पोखरेल, चितवन २
किसान श्रेष्ठ, तनहुँ १
केदार सिग्देल, तनहुँ २
खगराज अधिकारी, कास्की १
रविन्द्र अधिकारी, कास्की २
पद्मा अर्याल, स्याङ्जा २
तिलक महत, नवलपुर २
हृदयेश त्रिपाठी, परासी १
बिष्णु पौडेल, रुपन्देही २
बृजेशकुमार गुप्ता, कपिलबस्तु २
दलबहादुर राना, पाल्पा १
प्रदीप ज्ञवाली, गुल्मी १
गोकर्ण विष्ट, गुल्मी २
मेटमणि चौधरी, दाङ १
पशुपतिदयाल मिश्र, बाँके २
बामदेव गौतम, बर्दिया १
ध्रुवकुमार शाही, सुर्खेत १
गरिमा शाह, कैलाली १
झपट रावल, कैलाली २
नारदमुनि राना, कैलाली ५
प्रेम आले, डोटी
भीमबहादुर रावल, अछाम १

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७