धनकुटाकी मेरिना तुम्साले जितिन् ‘मिस नेपाल आइडल’को ताज


१२ असार २०७५, मंगलवार
merina tumsa miss idol

काठमाडौं, १२ असार । धनकुटा बोधेकी २१ वर्षिय मेरिना तुम्साले ‘मिस नेपाल आइडल २०१८’ ताज जितेकी छिन् । एमाजोन इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा राजधानीमा सम्पन्न भएको वौद्धिक एवं सौन्दर्य प्रतिस्पर्धा तुम्साले उपाधि जित्न सफल भएकी हुन् । Merina tumsa

रेडीयो विजयपुर एफ. एम धरानकी आरजे समेत रहेकी तुम्साले १८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधीसँगै उनले मिस ईन्टेलिजिन्ट अवार्ड पनि प्राप्त गरिन् । बिजेता बनेसँगै उनले अन्तरास्ट्रिय स्तरमा हुने सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्तत्व गर्ने मौका पाउने भएकी छिन् ।

उनले यसअघि पनि ‘मिस नेशनल आईकन–२०१७’की सेकेण्ड रनरअप भएकी थिइन् । उनी पत्रकारितासँगै मोडलिङ र समाजसेवा समेत सक्रिय छिन् ।

यस्तै प्रतियोगिताको फस्ट रनरअपमा सुसन कोईराला घोषित भईन । उनले उपाधी सहित मस्ट ब्युटिफुल र मिस पब्लिक चईसको टाईटल पनि प्राप्त गरिन ।

सेकेन्ड रनरअपमा आकृति कुँवर र थर्ड रनरअप रक्षा भुजेल भईन । भने कुँवरले बेस्ट ट्यालेन्ट र भुजेलले बेस्ट पर्सानालिटी अवार्ड पनि प्राप्त गरिन ।

प्रतियोगितामा बेस्ट फिगर तथा मस्ट पपुलरको ताज कृजु महर्जन, बेस्ट फोटोजेनिक अवार्ड बर्षा महर्जन, बेस्ट डिसिप्लिन सुजता थापा, बेस्ट स्माईल स्मृति बोहरा, बेस्ट हेयर अस्मिता तमाङ, बेस्ट कम्प्लेक्सन मिना पुन, बेस्ट स्किन कंचन यादव, मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस सैयम श्रेष्ठ, मस्ट पंचल साईना तमाङ,मस्ट चार्मिङ टिनेमा लिम्बु, मस्ट स्मार्ट अलिशा राई, मस्ट एक्टिभ सबिता पोखरेल हात पारे ।merina tumsa miss idol

प्रतियोगिताको निर्णायक मण्डलमा इन्टरनेसनल मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, नर्सिङ आईडल बिजेता सुनिशा बिष्ट, नायिका तथा मोडल सुष्मा अधिकारी,चर्चित गायक यम बराल र प्रमुख निर्णायकमा मोडल, आरजे भिजे तथा कोरियोग्राफर कला सुब्बा निर्णायक रहेका थिए ।

प्रतिस्प्रधीहरुलाई आर्टिस्ट नेपाल स्टुडियोसका फोटोग्राफर कुबेर तामाङको फोटोग्राफी रहेको थियो । प्रतिस्प्रधीलाई कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन । ।

याे पनि पढ्नुहाेस्
जितेको ५० हजार पुरस्कार अपांग पुर्नस्थापना केन्द्रलाई दिने मेरिनाको घोषणा
अपांग पुर्नस्थापना केन्द्रलाई मेरिनाले हस्तान्तरण गरिन् आफुले जिेतेकी ५० हजार पुरस्कार

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७