म्यारोडानाले भने,‘म बिरामी भएको छैन्’


१३ असार २०७५, बुधबार
1530094569 102220391 diegomaradona

काठमाडौं, १३ असार । डिएगो मेरोडोनाले आफू बिरामी नभएको बताएका छन् । मंगलबार राति भएको अर्जेन्टिना र नाइजेरियाबीचको खेलमा लियोनल मेस्सीले गोल गरेपछि खुसी बिरामी भएको भनिएको मेरोडोनाले आफु विरामी नभएको बताए हुन् । 1530094569 102220391 diegomaradona
अर्जे्न्टिनालाई सन् १९८६को विश्वकप जिताएका ५७ वर्षिय म्यारोडोनाले बुधबार इस्टाग्राम आफू ठिक रहेको र अस्पतालमा भर्ना पनि नभएको लेखेका छन्।

उनले मंगलबार राति नाइजेरियाविरूद्ध अर्जे्न्टिनाको खेलको हाफ टाइमअघि आफ्नो घाँटी दुखेको उल्लेख गर्दै रक्तचाप पनि घटेको बताएका छन् । ‘त्यहीबेला डाक्टरले जाँचेर मलाई सेकेन्ड हाफभन्दा पहिले नै घर गए हुन्छ भनेका थिए। तर म गइनँ, हामी खतरामा थियौं। यस्तो बेलामा म कसरी जान सक्थें,’ म्यारोडोनाले लेखेका छन्।

यसअघि अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले नाइजेरियाविरूद्धको खेलको खुसीले म्यारोडोना बिरामी परेको र उनलाई अस्पताल भर्ना गरिएको समाचार सार्वजनिक गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७