गायिका पार्वती राईको नयाँ गीत सार्वजनिक (भिडियोसहित)
ललितपुर, २५ असार । गायिका पार्वती राईले ‘काठमाडौंमा धरहरा मेलम्चीको पानी’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
गायिका राईले आफनो जन्मदिनको अवसरमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतको शब्द र संगीत विक्रम राईले गरेको छन् ।
गीतको भिडियो पनि निर्माण गरिएको छ । उमेश गुरुङको निर्देशनमा तयार भएको भिडियोमा मनि चाम्लिङ राई र रेखा लिम्बुले फिचरिङ गरेको छन् ।
यस्तै भिडियोलाई मेघराज मगराथीले छायाकंन गरेका छन् भने सुजन शाहीले सम्पादन गरेका छन् ।