ग्राहकले खाली चेक दिएपछि यौनकर्मी युवतीले गरिन यस्तोसम्म…


२८ असार २०७५, बिहीबार
images 2

काठमाडौं, २८ असार । महानगरीय प्रहरी परिसरमा एक यौनकर्मी युवती अनौठो समस्या लिएर आइन् । उनको उजुरी सुनेर एकछिन त प्रहरीहरु नै अचम्ममा परे । उनको उजुरी थियो–‘ग्राहकले आफूसँग रोमान्स गरेर खाली चेक थिए । उनी प्रहरीकोमा एनआईसी एशिया बैंकको बाउन्स भएको चेकसहित पुगेकी थिइन् ।images 2

एक ग्राहकले दिएको ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् । परिसरका अपराध अनुसन्धान शाखा प्रमुख डिएसपी मोहन थापाले पीडित युवतीले ल्याएको जाहेरी लिए । चेक दिने युवालाई बोलाएर छलफल गरे । चेक युवाले यौन सम्बन्धपछि युवतीलाई उनको पारिश्रमिक बापत दिएका थिए । युवती जब बैंकमा चेक साट्न पुगिन् खातामा रकम नै थिएन । चेक बाउन्स भयो । तर तीन युवा युवती प्रहरीसम्म पुग्लिन् भन्ने कल्पनासम्म गरेका रहेनछन् । आफूले शरीर सुम्पेर कमाएको रकम नपाएपछि आगो बनेकी प्रहरी लगाएर भए पनि पैसा अदाइ गर्ने सुरले प्रहरीमा पुगिन् ।

चेक बाउन्सको घटना यो नयाँ नभए पनि यौन व्यवसायीहरुले यसरी बैकबाटै आफ्नो पारिश्रमिक बुझ्ने गरेको घटना भने नयाँ नै हो । परिसर काठमाडौमा मात्रै दिनमा सरदर १० देखि १५ वटा चेक बाउन्सका जाहेरी आउने गरेका छन् । तथ्यांकअनुसार २०७४ साउन देखि हालसम्म १२ सय भन्दा बढी उजुरी आएको छ । परिसरमा दर्ता भएका मुद्दाहरुको अनुसन्धानमा अधिकांश ठगी गर्ने उद्देश्यले दिएका चेक बाउन्स हुने गरेको भेटिएको हो ।

वैदेशिक रोजगारीमा पठाउन नसकेपछि पीडितलाई खातामा रकम नभएको चेक दिने गरेका घटनाको संख्या समेत उलेख्ख छ । यस्तै सापटी रकम फिर्तागर्दा वा दिँदा समेत चेक बाउन्स भएका जाहेरी परिसरमा परेका हुन् । जग्गा खरिद, वैनावट्टा, सामान लिए बापत भुक्तानीको रकम र कमसिनदेखि घरायसी कारोवारमा चेक दिएकोमा वाउन्स हुने गरेका हुन् । प्रहरीले कुनै बैंक तथा वित्तिय संस्थाको चेक दिएर नसाटिएमा बाउन्स हुन्छ । चेक बाउन्स भएमा बैंकिङ कसुरको अपराधमा मुद्दा चल्ने गरेको हो । । चेक वाउन्स भएमा बैकिङ कसुर सजाय ऐन २०६४ अनुसार ३ महिना कैद र विगो भराई विगो वमोजिम जरिबाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७