एघार महिनाको मूल्य बृद्धि ४.१ प्रतिशत
काठमाडौं, २९ असार: चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको मूल्य बृद्धि ४ दशमलव १ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष ४. ५ प्रतिशत रहेको मूल्यबृद्धि यो आर्थिक वर्षको ११ महिनामा केही खुम्चिएको हो।
तथ्याङ्कले जेठ महिनामा मूल्यबृद्धि नभएको देखाएको छ। यसअघि सार्वजनिक १० महिनाको वित्तीय विवरणअनुसार पनि मूल्यबृद्धि ४।१ प्रतिशतमै रहेको थियो। क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकाको मूल्यबृद्धि सबैभन्दा न्यून देखिन्छ भने हिमाली भेगको सबैभन्दा बढी छ।
आगामी आर्थिक वर्ष सरकारले ६। ५ प्रतिशतभित्र मूल्यबृद्धि सीमित गर्ने लक्ष्य लिएको छ।