विश्वकपमा इंग्ल्याण्डमाथि कारबाही–कारबाही


३० असार २०७५, शनिबार
skynews england football world cup 4359596

काठमाडौं, ३० असार (एजेन्सी) । रसियामा जारी विश्वकपमा सेमिफाइनलको खेलमा क्रोएसियाविरुद्धको खेलमा विभेदकारी नारा लगाएको भन्दै फिफाले इंग्ल्याण्डका समर्थकमाथि छानविन गर्ने भएको छ । skynews england football world cup 4359596

मस्कोस्थित लुज्निकी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका समर्थकहरूले विभेदकारी नाराबाजी गरेको पाइएकोले फिफाले छानबिन थालेको हो । यदि विभेदकारी नारावाजी गरेको पुष्टि भएमा इंग्ल्याण्ड फुटबल एसोसिएशनविरुद्ध अनुशासन कारबाही गर्ने फिफाले जनाएको छ ।
खेलमा ‘नो सररेन्डर’ भन्ने नाराबाजी मैदानबाट स्पष्ट सुनिएको थियो । क्रोएसियासँगको खेलमा धेरै समर्थकहरूले सो नाराबाजी गरेका बताइएको छ । लुज्निकी स्टेडियमकै सोही खण्डबाटै केही इस्लाम विरोधी नाराबाजी र नाजी सलामहरु प्रदर्शन भएको जनाइएको छ ।

‘हामी पुष्टि गर्न सक्छौँ कि इंग्ल्याण्डका समर्थकहरूद्वारा सम्भावित विभेदकारी प्रकृतिको नाराबाजीहरूका सम्बन्धमा एन्टी डिस्क्रिमिनेटोरी मोनिटोरिङ सिस्टम ‘भेदभावविरुद्धको निगरानी प्रणाली’को माध्यमबाट एक रिपोर्ट दायर गरिएको छ,’– फिफाले जनाए ।

यस्तै इङल्याडलाई फिफाले जारी विश्वकपमा नियम विपारित इल्याण्डका खेलाडीले सामाग्री प्रयोग गरेको भन्दै जरिवाना तिराउने निर्णय गरिसकेको छ । फिफाको नियम विपारित इल्याण्डका खेलाडीले सामाग्री प्रयोग गरे बापत ७७ लाख अर्थात् ५३ हजार पाउन्ड जरिवाना तिराउने भएको छ ।

इङल्याण्डका खेलाडीले सेमिफाइनलमा क्रोएसियासँगको खेलमा अनाधिकृत रूपमा अन्य कम्पनीको ट्याग भएको सामाग्री प्रयोजन गरेको भन्दै जरिवाना तोकेको हो ।

याे पनि पढ्नुहाेस्
विश्वकप जित्न रसिया गएका इङल्याण्ड ७७ लाख दण्डित

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७