‘सत्याग्रही’को समर्थनमा भएको प्रर्दशनले बानेश्वर बन्यो रणभूमि (फोटो फिचर)
प्रहरी डिएसपी र तरुण दलका अध्यक्ष सहित दर्जनौं घाइते
काठमाडौं, ५ साउन : अनसनरत डा. केसीको समर्थकले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि नयाँ वानेश्वर क्षेत्र शनिबार तनावग्रस्त बन्यो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारी र प्रहरीबिच दोहोरो झडप भएको हो ।
प्रर्दशनकारी र प्रहरीबीच दोहोरो झडप हुदा प्रहरी डिएसपी दानबहादुर मल्ल, इन्स्पेक्टर खेम नेपाली सहित १४ प्रहरी घाइते भएका छन् भने प्रर्दशनकारी तर्फ तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन कार्यकर्ता पनि घाइते भएका छन् । डिएसपी घाइतेको हातमा सामन्य चोट लागेको थियो । प्रर्दशनकारीहरु ढुङ्गा र लाडी लिएर प्रहरीमाथि जाइलागेपछि प्रहरीले लाठी चार्च गरेको थियो ।
डा. केसीका समर्थकले नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड्ल्यान्डमा तोडफोड गरेका छन् । यसक्रममा तीनवटा गाडीका साथै होटेलका सिसा फुटेर एक कर्मचारी घाइते भएको संचालक बिष्णु श्रेष्ठले बताए । नयाँबानेश्वरको इन्द्रेणी फुड ल्याडमा तरुण दल र प्रहरीबीच झडप हुदै गर्दा एभरेष्ट होटलतर्फ अन्य समर्थकहरुले कोण सभा गरेका थिए ।
प्रर्दशनकारीहरुले प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर शाह को बा १ झ ७२३४ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग १ झ २७६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । उनीहरू सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन आएका हुन् ।
यता झडप भइरहेको बेला सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा भएको प्रदर्शन भने कोण सभामा परिणत भएको थियो ।प्रर्दशनमा लेखक, वकिल, कलाकार र दलका यूवा नेताहरु सहभागी भए । प्रदर्शनमा पूर्व प्रधानन्यायधीश सुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, अभिनेत्री तथा नयाँ शक्तिकी नेतृ करिस्मा मानन्धर, हिसिला यमी, कांग्रेस नेता गगन थापा, अभिनेत्री मनिषा कोइराला, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, साहित्यकार खगेन्द्र संग्रौला, राजनीतिक विश्लेषक श्याम श्रेष्ठलगायत सहभागी थिए ।
तस्बिर स्रोत : नयाँ पेज र सामाजिक सञ्जाल