फियोना हङकङमा पुन: हिरामान राई


२९ भाद्र २०७५, शुक्रबार
Hiraman Rai Hongkong

हङकङ : सुदूर–पूर्वी प्रवासी नेपाली संघ (फियोना)को तेह्रौं अधिवेशनले हिरामान राईलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशन जोर्डनस्थित चुम्लुङ हिममा गत आइतबार सम्पन्न भएको थियो ।

Hiraman Rai Hongkong

नव निर्वाचित ११ सदस्यीय समितिको उपाध्यक्षद्वय देवकुमारी राई र रेजिन्द्र लिम्बू, महासचिव आशिष सुवेदी, कोषाध्यक्ष कौशिला राई, सहकोषाध्यक्ष सन्तोष राई रहेका छन् । बन्दना नेम्बाङ, सुरज राई, झोना गुरुङ, कृष्णकुमार गुरुङ र हेमराज राई उक्त समितिका सदस्य रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष राईका अनुसार सचिवसहित अन्य सदस्य मनोनित गरी विधानतः कार्यसमिति १७ सदस्यीय बनाइने छ । उनका अनुसार यस पटक विधान संशोधन गरी सहकोषाध्यक्ष, आजीवन सदस्यता र प्रमुख सल्लाहकारको व्यवस्था गरिएको छ ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष भक्त गुरुङको प्रमुख आतिथ्य रहेको खुलासत्रको समापनपछि गठन गरिएको अध्यक्ष मण्डलमा उनी सहित जसबहादुर ओख्राबो, बसन्तकुमारी राई र गणेश गुरुङ रहेका थिए ।

हङकङमा पहिलो नेपाली संस्थाको रुपमा रहेको फियोना तत्कालिन नेकपा ९एमाले०को भातृसंस्थाको रुपमा रहेको थियो । एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपा गठन भएको अवस्थामा फियोनामा पनि दुवै पक्षको सहभागिता देखिएको छ । अध्यक्ष र एक उपाध्यक्षसहित बहुमत पूर्व एमालेको रहे पनि एक उपाध्यक्ष र महासचिवसहित पूर्व माओवादी केन्द्रको रहेका छन् ।

समिति गठन पछि अध्यक्ष हिरामान राई प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७