एमसीसी लगानीका आयोजना राष्ट्रिय गौरव सूचीमा


६ आश्विन २०७५, शनिबार
1537593471download

काठमाडौं, असोज ६। सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा संंचालित आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको सूचीमा समावेस गर्ने निर्णय गरेको छ।

1537593471download


शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एमसीसीका आयोजनालाई गौरवका आयोजना सूचीमा राख्ने निर्णय गरेको हो। प्रशासरण लाइन र सडक स्तारोन्नती गर्न एमसीसीले ५० करोड अमेरिकी डलर सहयोग गरेको छ। उक्त सहयोगमा अहिले काठमाडौंको लप्सेफेदीदेखि धादिङको गल्छी–रातमाटे प्रसारण लाइन आयोजना र दमौली–बुटवलमा ४०० केभी क्षमताको प्रसारण लाइन बनाइरहेको छ। ३ सय किलोमिटर लामो यो आयोजनामा एमसीससीले ३९ करोड ८२ लाख अमेरिकी डलर सहयोग लगानी गरेको छ।

त्यस्तै बाँकी रकमले पाँचवटा सडक स्तरोन्नती गर्नलाइ छुट्याइएको छ। मेची, कोशी, सगरमाथा र राप्ती राजमार्ग अनि त्रिभुवन राजपथ सडक स्तारोन्नतीको काम एमसीसीको सहयोगमा हुने छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७