नेपाल शिक्षक महासङ्घको अध्यक्षमा भट्ट


७ आश्विन २०७५, आईतवार
nayapage logo footer

गोरखा, ७ असोज । नेपाल शिक्षक महासङ्घ गोरखाको अध्यक्षमा ध्रुवकुमार भट्ट चयन भएका छन् ।

जिल्लाभित्र क्रियाशील शिक्षक सङ्गठनको संस्थाको रूपमा रहेको महासङ्घको शनिबार राति अबेर सम्पन्न भेलाले भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भेलाले सहअध्यक्षमा राजन कट्टेल, उपाध्यक्षमा उदयबहादुर भट्ट र उर्मिला विष्ट, सचिवमा श्यामप्रसाद लामिछाने, सहसचिवमा गोपालबाबु मरहठ्ठा, उषा थापा र अनिल कुँवर चयन गरेको नवनिर्वाचित अध्यक्ष भट्टले जानकारी दिए ।

शिक्षक हकहित र अधिकारका लागि साझा आवाज उठाउनका लागि जिल्लामा महासङ्घको गठन भएको नवनिर्वाचित अध्यक्ष भट्टले बताए ।

शिक्षक युनियनको खारेजीपछि निर्माण गरिएको महासङ्घको जिल्ला नेतृत्वसँगै प्रदेश र सङ्घका प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो ।

भेला एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्घ, अखिल नेपाल शिक्षक सङ्गठन र विद्यालय कर्मचारी सङ्गठनको आयोजनामा सम्पन्न भएको हो ।
रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७