डा. डेनिश मुक्वेगे र नादिया मुरादलाई यस वर्षको नोबेल शान्ति पुरस्कार


१९ आश्विन २०७५, शुक्रबार
Nobel peace prize डेनिश मुक्वेगे र नादिया मुरादलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौं, १९ असोज ।   विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल शान्ति पुरस्कर यो वर्ष कंगोको डा. डेनिश मुक्वेगे र इराकी नादिया मुरादलाई दिने भएको छ । नर्वेको ओस्लोस्थित नोबेल कमिटीले शुक्रबार यस वर्षको नोबेल शान्ति पुरस्कार उनीहरुलाई सुयुक्तरुपमा दिने घोषणा गरेको हो ।

 पुरस्कर यौन हिंसाका पीडितहरूको युवा अवस्थादेखि नै उपचार गर्दे आएको डा. डेनिश मुक्वेगे र यौन हिंसाका पीडित तथा यसको विरुद्धमा बोल्दै आएकी इराकी नादिया मुरादलाई दिइने भएकाे हाे ।

नोबेल पुरस्कार विजेता चयन गर्ने समितिकी अध्यक्ष बेरिट राइस-आन्डरसनले उनीहरू दुई जनाले त्यस्ता अपराधविरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्।

 यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि विभिन्न व्यक्ति र संस्था गरेर कुल ३३१ वटा नाम सिफारिस भएका थिए। सन् २०१६ मा सर्वाधिक ३७६ नाम मनोनयनमा परेका थिए।

यसअघि लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फ , शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएका दुई वैज्ञानिकले संयुक्त रूपमा  अमेरिकाका प्राध्यापक जेम्स पी एलिसन र जापानका प्राध्यापक तासुकु होन्जोलार्इ चिकित्सा  चिकित्साशास्त्र तर्फ पुरस्कार प्रदान गरिएकाे छ । 

त्यसैगरी एन्जाइमबारे गरिएका अनुसन्धानका लागि एक महिलासहित तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार प्रदान गरिएको छ।

अमेरिकी वैज्ञानिकहरू फ्रान्सेस आर्नोल्ड, जोर्ज पी स्मिथ र ब्रिटेनका वैज्ञानिक ग्रेगरी विन्टरले संयुक्त रूपमा सो पुरस्कार पाएका हुन्। उनीहरूले ‘डिरेक्टिड इभ्युलुशन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिनहरू बनाएका थिए। त्यसरी बनाइएका प्रोटिन नयाँ औषधिदेखि इन्धनसम्म बनाउन र विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ।

काे हुन् डा. डेनिस मकुज ?

डा. डेनिस मकुजले चिकित्सक हुन् । उनको आधारभूत सिद्धान्त भनेको ‘न्याय सबैको व्यवसाय हो’ । उनले आफनो वयस्क जीवनदेखि नै कंगो लोकतांत्रिक गणतन्त्रमा यौन हिंसाको पीडितहरूलाई सहयोग गर्दे आए ।


डा. मुकवेजले आफ्ना सहकर्मीहरूसँग मिलेर यौन हिंसाको पीडितहरू, हजारौं रोगीहरूलाई उपचार गरेका छन् ।  उनीहरूले यौनहिंसाबाट पीडित झन्डै ३० हजार महिलाहरूको उपचार गरेका छन् ।

युद्धग्रस्त क्षेत्रमा महिलालाई यौनहिंसाबाट हुने घाउचोटको उपचारमा उनको विशेषज्ञता छ ।
उनले निरन्तर रूपमा दण्डहीनता र सामूहिक बलात्कारका घटनाको निन्दा गरेका छन् ।

युद्धका बेला महिलाविरुद्ध हुने यौनहिंसालाई हतियारका रूपमा प्रयोग गर्ने चलनलाई रोक्न पर्याप्त काम नगरेको भन्दै उनले कङ्गोको सरकार र अन्य देशको आलोचना गर्दै छन् ।

बलात्कारविरोधी अभियानकर्ता नादिया

नादिया मुराद यजिदी महिला हुन् र उनी इस्लामिक स्टेटका लडाकुहरूबाट बलात्कृत भएकी थिइन् । मक्वेग कङ्गोका स्त्रीरोग विशेषज्ञ हुन्। 

उनी सन् २०१४ मा आईएसआईएस प्रभावित क्षेत्र उत्तरी इराकको कोचोस्थित आफ्नै घरबाट अन्य याजिदी महिलाहरुसँगै अपहरणमा परेकी थिइन् । तर पछि उनी भाग्न सफल भइन् र यजिदीहरूको मुक्तिका लागि र मानवतस्करी रोक्न अभियान चलाइन्।

उनीहरूलाई यजिदी र अन्य धार्मिक अल्पसङ्ख्यकविरुद्धको लडाइँमा हतियारका रूपमा प्रयोग गरिएको थियो। मुराद २३ वर्षको उमेरमा सन् २०१६ मा मानवतस्करीबाट जोगिएका व्यक्तिको आत्मसम्मानका लागि संयुक्त राष्ट्रसङ्घकी सद्भावना दूत बनिन ।

आईएसआईएस जिहादीले गाउँका पुरुषको हत्या र महिलालाई यौन हिंसा गर्ने क्रममा मुराद पनि त्यसै घटनाको शिकार बनेकी थिइन् । यस क्रममा उनको परिवार पनि क्षतबिक्षत बनेको थियो ।

सन् १०१६ मा यूएनको प्रतिष्ठित मानिने ‘साखारोभ मानवअधिकार पुरस्कार’ विजेता बनिन् । त्यही वर्ष उनले यूएनको अर्को पुरस्कार, ‘भेस्लेभ हाभेल ह्यूमन राइट्स प्राइज’ समेत पाइन् । मुरादले यौन हिंसासँगै युद्धका कारण निकै ठूलो पारिवारिक बज्रपात बोहेर्नुपरेको थियो । यस क्रममा उनले आफ्ना ६ जना दाजुभाइ र आमालाई गुमाउनु पर्यो ।

२५ वर्षीया मुराद नोबेल पुरस्कार पाउने अहिलेसम्म दोस्रो कान्छी विजेता हुन् । यसअघि पाकिस्तानी किशोरी मलाला यूसफजाइले १७ वर्षको उमेरमै नोवेल पुरस्कार पाएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७