समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीकाे अन्तिमरुप सार्वजनिक (सूचीसहित)


४ मंसिर २०७४, सोमबार
nirbachan aayoga

काठमाडौं : निर्वाचन आयोगले मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरुको बन्दसूची अन्तिमरुपमा सार्वजनिक गरेको छ । nirbachan aayoga
समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले मङ्सिर ३ गते निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरुको बन्दसूची अन्तिमरुपमा सार्वजनिक गरेका हुन् ।
अन्तिमरुपमा सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार दुई सय७३ उम्मेदवार कायम रहेका छन् । यसै गरी, सातवटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेशसभा सदस्यका लागि तीन हजार पाँच सय ६५ उम्मेदवार कायम रहेका छन् ।
आयोगका अनुसार प्रदेश नं. १ मा पाँच सय ७७, प्रदेश नं. २ मा आठ सय चार, प्रदेश नं. ३ मा सय ७४, प्रदेश नंं ४ मा तीन सय १९, प्रदेश नं. ५ मा छौ सय चार, प्रदेश नं. ६ मा दुई सय छौ, र प्रदेश नं. ७ मा दुई सय ८१ उम्मेदवार कायम रहेका छन् ।
आयोगले सार्वजनिक गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा रहेका उम्मेदवारहरु प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल भरी मान्य हुने छ । यसअघि दलहरूले असोज २९ गते पेस गरेका उम्मेदवारहरुको बन्दसूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवारहरु बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण रहेको थियो ।
अन्तिमरुपमा सार्वजनिक गरिएको बन्दसूचीमा यसअघि प्रारम्भिक बन्दसूचीमा रहेका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुमध्ये दुई सय ५६ जना उम्मेदवारको नाम हटेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७