२०७५ मंसिर २० गते बिहीबारको तपाईको राशिफल


२० मंसिर २०७५, बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्य काममा धन र श्रम खर्चनुपर्ला । समस्याप्रति गम्भीर नबन्दा दुःख पाइने छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्‍याउनु होला । बिग्रिएको काम सच्याउन दोहोर्‍याएर प्रयत्न गर्नुपर्ला । मिहिनेतले मात्र काम बन्ने छ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला ।

rasifal

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउने छ । विभिन्न सहयोग र उपहार प्राप्त होला । तारिफयोग्य काम सम्पादन हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउने छ । अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । पहिले आरिस गर्नेहरूले नै सहयोग गर्न थाल्ने छन् । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्ना सूचना बाहिरिनाले समस्या आउला । कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । पेटको खराबीले कमजोर भइने छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । उपलब्धिविहीन काममा समय बित्नेछ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किएला । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहने छ । बेसुरमा दिएको वचनले समेत आफैंलाई अप्ठ्यारो पार्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउने छन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ । आरिस गर्नेहरूबाट सजग रहनुपर्ला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्‍याउनु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । समय दिन नसक्दा बन्न लागेको काम समेत बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आयआर्जनका स्रोत बढ्नेछन् र सामान्य फाइदा पनि हुनेछ । तर सरसापटमा धन बाहिरिने समय छ । श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला । लाभांश बाहिरिनाले अर्थ अभाव देखा पर्नेछ । भैपरी आउने समस्याले पनि चिन्ता बढाउन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि दिगो काममा लगानी गर्ने उपाय जुटाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउने छ । साथीभाइको सहयोग जुट्ने छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्ने छ । व्यापारमा निकै फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला । धेरै फाइदा नभए पनि भाग्यले केही अवसर थमाउने छ । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । अरूको विश्वास गर्दा धोका हुन सक्छ ।

उपप्रा. लक्ष्मीप्रसाद बराल
(फलित ज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७