समिति बैठकमै जाँदैनन् देउवा र दाहाल, हाजिरपछि संसद सरहकै सुविधा


२३ मंसिर २०७५, आईतवार
prachand and deuba jpeg XuhSQd6t14

काठमाडौं, २३ मंसिर । संसदीय समितिलाई ‘मिनी संसद्’ मानिन्छ । उक्त समितिका गतिविधिलाई व्यवस्थित गर्न प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र २ वटा संयुक्त गरी १६ वटा समिति बनाइएका छन् ।

prachand and deuba jpeg XuhSQd6t14

तर पछिल्लो चरणमा ती समितिका बैठकमा शीर्ष नेताहरुले चासो देखाउन छाडेका छन् । उनीहरुको बेवास्ताले समितिको गति नै रोकिएको छ ।

आफ्नो समितिको बैठकमा अहिलेसम्म एकपटक पनि नजानेमा पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल छन् ।

समिति बैठकमा उपस्थित सदस्य पनि धेरैजसो हाजिर गरेरै हिँड्ने गरेका छन् । हाजिर गरेबापत संसदको बैठक बसेसरहकै सुविधा हुने गरेको छ तर एकै दिन समिति र संसद् बसे पनि एउटा मात्र सुविधा उपलब्ध हुने गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७