मेस्सीको दुई गोलमा बार्सिलोना विजयी,शीर्ष स्थान सहितको यात्रा जारी


२३ मंसिर २०७५, आईतवार
Lionel Messi

इस्पान्योल, मंसिर २३ :  कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानियोलमाथि ४–० को सहज जित निकालेको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति स्पानियोलको घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेस्सीले दुई तथा लुइस स्वारेज र डेम्बेलले एक एक गोल गरे । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको सेभिल्लासँग ३ अंक दुरी बढाएको छ । 

Lionel Messi

बार्सिलोनालाई अग्रता दिलाउने क्रममा अर्जेन्टिनी स्टाइकर लियोनल मेस्सीले १७ औं मिनेटमा गोल गरेका थिए । २७ यार्डबाट मेस्सीले गरेको प्रहारले जाली चुम्दा घरेलु टोलीविरुद्ध अग्रता बनाएको बार्सिलोनाले २६ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।

मेस्सीको पासमा  डेम्बेलेले गोल गरेका थिए । पहिलो हाफको अन्तिमतिर डेम्बलेको पासमा लुइस स्वारेजले गोल गर्दै बार्साको अग्रता ३–० मा पुयाएका थिए । 

६५ औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । त्यसपछिको बाँकी समय घरेलु टोली खेलमा फर्किन सकेन र बार्सिलोना ४ –० ले बिजयी भयो ।

यो जितसँगै लिगमा बार्सिलोनाले १५ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ। उता पराजित स्पान्योल २१ अंकसहित लिगको नवौं स्थानमा छ।

यस्तै शनिबार राति सेभिल्ला भ्यालेन्सियासँग १–१ गोलको बराबरीमा रोकिएसँगै बार्सिलोनाले दोस्रो स्थानको सेभिल्ला र एथ्लेटिको मड्रिडसँगको अंक दूरी ३ मा पुर्‍याएको छ।

बराबरीपछि सेभिल्ला २८ अंकसहित तालिको दोस्रो स्थानमा रहँदा यसअघि अलाभेसलाई ३-० ले हराएको एथ्लेटिको मड्रिड समान २८ अंकसहित तेस्रो स्थानमा छ।

२४ अंकसहित अलाभेस चौथो स्थानमा रहँदा एक खेल कम खेलेको रियल म्याड्रिड २३ अंकसहित लिगको पाँचौ स्थानमा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७