विप्लव समुहका मेची ब्यूरो इन्चार्जसहित १५ कार्यकर्ता पक्राउ


८ मंसिर २०७४, शुक्रबार

काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १५ जना पक्राउ गरेको छ । पाँचथर प्रहरीले विप्लवका मेची व्यूरो इञ्चार्जसहित १५ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

biplap netra bikram chand
प्रहरीले विप्लव पक्ष माओवादीका मेची व्यूरोे सुमन भनी चिनिने सन्तकुमार लिम्बूलाई बिहीबार पक्राउ गरेको हो । त्यस्तै पाँचथर हिलिहाङ–५ का रामचन्द्र मग्रान्ती र जितेन्द्र महरालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूलाई निर्वाचनविरोधी गतिविधि गरेको भन्दै पक्राउ गरेको हो । त्यस्तै फिदिम नगरपालिका १४ की टिकादेवी राई, इलाम फाकफोकथुम–१ का रुपनारायण अधिकारी, फालेलुङ–५ कीतारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द ३ का विशाल राई र इच्छाबहादुर राई, संग्राम राई, गोरा भनिने एलिया नेम्वाङ, फाल्गुनन्द–५ कै जीतबहादुर चेम्जोङ, हिलिहाङ २ का डिल्लिराम कटुवाल, याङबरक–१ का शिशिर पोखरेल, फिदिम–२ का नारायण कार्कीलाई पक्राउ गरिसकेका छन् । पक्राउ परेका मध्ये टिकादेवी राई, रुपनारायण अधिकारी र नारायण कार्की शिक्षक रहेको प्रहरलिे जानकारी दिएको छ ।
पक्राउ परेका विप्लवका कार्यकर्ताहरूलाई म्याद थप गरी प्रहरीले अनुसन्धानप्रकृया अगाडी बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७